गण्डकी प्रदेशमा थपिए २४ जना नयाँ कोरोना संक्रमित


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

पोखरा, २७ जेठ । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ संक्रमित नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ जना पुरुष रहेका छन् । उनीहरूलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) जिल्लाको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाईएको छ ।

vayoda

त्यस्तै, म्याग्दी जिल्ला, बेनी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४६ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैगरि बाग्लुङ जिल्ला, निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २१, २६ र २७ का ३ जना पुरुष र सोहि जिल्ला बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २४, २२, १८, २४, १८, ४९, २३ र २७ का ८ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनीहरुलाई सम्बन्धीत जिल्लाको सरकारी अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १ सय ४४ पुगेको छ । गण्डकीमा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु समेत भइसकेको छ ।

Hamro Doctor
ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts Aayurveda_bivag