गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



Download our app to get more features

पोखरा, १९ असार ।  गण्डकी प्रदेशका विभिन्न जिल्ला गरि थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा आज बिहान ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ ।

संक्रमितहरु नवलपुरका १९ जना, तनहुँका ९ जना, पर्वतका ३ र बागलुङका १ जना रहेका छन् ।

संक्रमितहरुलाई सम्बन्धीत जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै चितवनको भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु चितवन भरतपुरका १ जना पुरुष, पर्साका एक जना पुरुष, पूर्व नवलपरासीका ४ जना महिला र १५ जना पुरुषहरु रहेका छन् ।

Last modified on 2020-07-06 08:19:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts