नेपालमा कोरोना संक्रमण: महिलाको भन्दा पुरुषमा बढी, ४ सय ७३ जना नयाँ संक्रमित थपिए



Download our app to get more features

काठमडौं, १८ असार । नेपालमा थप ४ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप ४ सय ७३ जना नयाँ कोरोना संक्रमित थपिएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १४ हजार ५ सय १९ पुगेको बताए ।

संक्रमितमध्ये १२ हजार ६ सय ३६ जना पुरुष र एक हजार ८ सय ८३ जना महिला रहेको उनले बताए ।

नेपालमा कोरोना भाइरस संक्रमितमध्ये महिलाको भन्दा पुरुषहरु बढी रहेको देखिन्छ ।

Last modified on 2020-07-02 16:35:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts