कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या २७ पुग्यो



Download our app to get more features

काठमाडौं, १२ असार । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दाङकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । 

डा। गौतमका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ नजिकै ११ असारमा अचेत अवस्थामा फेला परेकी महिलालाई स्वास्थ्यकर्मीहरुले उपचारका लागि प्रष्ठिानमा लगेको र सोही क्रममा उनको स्वाब संकलन गरिएको थियो । उनको उपचारकै क्रममा आज विहान मृत्यु भएको र स्वाब परीक्षणको नतिजा पनि कोरोना पोजेटिभ आएको उनले बताए । उनी को हुन र कहाँबाट आएकी थिइन भनेर पहिचान खुल्न नसकेको उनको भनाइ छ ।
 

Last modified on 2020-06-26 17:01:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts