अपडेट

उत्तर कोरियामा कोरोना महामारी नियन्त्रण भएको दावी, मास्क लगाउन अनिवार्य

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

एजेन्सी, १९ असार । भारतमा पछिल्लो २४ घन्टामा २० हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्.। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा २० हजार ९ सय ३ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन् । एकैदिन यति धेरै संक्रमित भेटिएको यो हालसम्मकै धेरै संख्या हो । योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्इा ६ लाख २५ हजार ५ सय नाघेको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण ३ सय ७९ जनाको मृत्यु भएको छ । यो संख्यासँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ हजार २ सय नाघेको छ । भारतको महाराष्ट्र राज्य सबैभन्दा बढी प्रभावित राज्य हो । जहाँ मात्रै ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 

उत्तर कोरियाली नेता किम जोन उनले कोरोना शंकटालाई रोक्नमा उत्तर कोरिया सफल भएको दावी गरेका छन् । पोलिट ब्यूरो मिटिंगको क्रममा उनले उत्तर कोरियाले कोरोना भाइरसको महामारी फैलिनबाट रोक्नमा सफल भएको र अवस्था नियन्त्रणमा रहेको बताए । उनले महामारी फैलिनुभन्दा ६ महिना पहिले नै उत्तर कोरियालाई शिल गरेर तथा हजारौंको संख्यामा आइसोलेशन र क्वारेन्टाइनमा मानिसहरुलाई राखेर कोरोना भाइरसलाई फैलिबाट रोकेको दावी गरेका हुन् । उनको यो दावी भएपनि उत्तर कोरियामा मास्क लगाउन भने सबैलाई अनिवार्य गरिएको छ । उत्तर कोरियामा कोरोना महामारी नियन्त्रण भएको दावी गरिएपनि हालसम्म त्यहाँ कोरोना संक्रमणको अवस्थाबारे कुनै जानकारी दिइएको छैन ।

अमेरिकामा विहिवार एकैदिन ५५ हजार भन्दा बढी नयाँ कोरोना संक्रमित फेला परेका छन् । समाचार संस्था रोयटर्सका अनुसार अमेरिकामा एकैदिन भेटिएको यो हालसम्मकै ठूलो संक्रमित संख्या हो । अमेरिकामा पछिल्लो समय ५० हजारका दरले कोरोना संक्रमित थपिँदै गएका छन् । अमेरिकाका विभिन्न राज्यमा कोरोना संक्रमित फैलिँदै गएपछि फेरि लकडाउन जारी गरिएको छ । पछिल्लो २४ घन्टामा अमेरिकरामा ५५ हजार २ सय ७४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । योसँगै अमेरिकामा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २७ लाख ४० हजार नाघेको छ । यस्तै अमेरिकामा एक लाख ३० हजारभन्दा बढीको हालसम्म मृत्यु भइसकेको छ । 

कोरोना महामारीका कारण विश्वकै दोस्रो प्रभावित मुलुक ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । ब्राजिलमा हालसम्म कोरोना भाइरसका कारण १५ लाख भन्दा बढी संक्रमित भएका छन् । ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलो र रियो द जेनेरियो कोरोना भाएरसका कारण प्रभावित बनेका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण पछिल्लो ६ महिनामा विश्वभर संक्रमित हुनेको संख्या एक करोड ९ लाख ९२ हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म विश्वभर कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ५ लाख २४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमित भएकामध्ये ६१ लाख ५२ हजारभन्दा बढी स्वस्थ भएका छन् । 

Last modified on 2020-07-06 08:19:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts