भारतकी चर्चित नृत्य निर्देशक सरोज खानको कार्डिएक अरेस्टका कारण निधन



Download our app to get more features

भारत, १९ असार । भारतकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन भएको छ ।

हिन्दी चलचित्र क्षेत्रकी चर्चित नृत्य निर्देशक रहेकी खानको ७१ वर्षको उमेरमा काडिईएक अरेस्टका कारण निधन भएको बताइएको छ ।

उनी पछिल्लो केही समयदेखि बिरामी थिइन् । २० जुनमा श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उनको कोरोना परीक्षणपनि गरिएको तर कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । 

उनलाई स्वास्थ्यमा समस्या भएपछि मुम्बईस्थित बान्द्राको गुरू नानक अस्पतालमा बिहीवार भर्ना गरिएको थियो ।

समाचार एजेन्सी एएनआईका अनुसार अस्पतालमै उनलाई बिहीवार राति कार्डिएक अरेस्ट भएको र निधन भएको हो ।

उनले भारतीय चलचित्र क्षेत्रका दिग्गज कलाकालहरु माधुरी दिक्षीत, अमिताभ बच्चन, श्री देवी, अनिल कपुर लगायत थुपै्र कलाकारहरुलाई नृत्य सिकाएकी थिइन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts