अपडेट

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

काठमाडौं, १४ जेठ । वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचार गराईरहेका कोरोना संक्रमितमध्ये २१ जना निको भएर घर फर्किएका छन् । विशेष कोरोना अस्पताल घोषित गण्डक अस्पतालमा उपचाररत ३० संक्रमितमध्ये चार महिलासहित २१ जनालाई मंगलवार राती डिस्चार्ज गरिएको अस्पतालका व्यवस्थापक डा. उदयनारायण सिंहले जानकारी दिएका छन् । डा. सिंहका अनुसार डिस्चार्ज हुने सबै सबै वीरगञ्ज महानगरपालिकाका रहेका छन् । लगातार दोस्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएका कारण डिस्चार्ज गरिएको उननले बताए । योसँगै नेपालमा कोरोना संक्रमित मध्ये स्वस्थ हुनेको संख्या एक ७६ पुगेको छ ।

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । विश्वकै सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख ५ सय ७९ पुगेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार अमेरिका विश्वकै पहिलो मुलुक हो जहाँ कोरोनाका कारण मृत्यु हुनेको  संख्या एक लाख नाघिसकेको छ । यसअघि अमेरिकी वैज्ञानिकहरुलेपनि चेतावनी दिएका थिए, जुन महिनापुग्दासम्म अमेरिकामा कोरोनाका कराण मृत्यु हुनेको संख्या एक लाख नाघ्ने छ । यस्तै अमेरिकामा हालसम्म १७ लाख २५ हजारभन्दा बढी मानिस कोरोना भाइरसका कारण संक्रमित भएका छन् ।

ल्याटिन अमेरिकी मुलुक ब्राजिलमा अगस्ट महिनासम्म कोरोना भाइरसका कारण एक लाख २५ हजार मानिसको मृत्यु हुन सक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । ब्राजिल विश्वकै दोस्रो कोरोना संक्रमित प्रभावित मुलुक हो जहाँ पछिल्लो समय कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १० हजारका दरले बढ्न थालेको छ । ब्राजिल सरकारका अनुसार त्यहाँ कोरोना संक्रमितको संख्या ३ लाख ९२ हजार नाघेको छ भने २४ हजार ५ सयभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।
 
बेलायत सरकारले कोरोना भाइरसको बिरामीका लागि रेमडेसिभिर औषधिलाई परीक्षणलाई अनुमति दिएको छ । बेलायतको बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले बेलायतमा रहेका कोरोना संक्रमित बिरामीका लागि रेमडेसिभिर औषधिको क्लिनिकल परीक्षण सुरु गर्ने बताएका छन् । उनले कोरोना महामारी सुरु भएपछि बिरामीको उपचारका लागि गरिएको यो हालसम्मकै ठूलो निर्णय रहेको बताएका छन् । बेलायत सरकारका अनुसार केही सिमित अस्पतालमा मात्रै यसको प्रयोग गर्नलाई भने अनुमति दिइएको छ । तर, यो औषधिको सप्लाई कम भएका कारण गम्भीर प्रकृतिका बिरामीलाई मात्रै अहिले औषधि उपलब्ध गराइने बेलायत सरकारले जनाएको छ । अमेरिका र जापानमा पनि यस औषधिको प्रयोग गर्न अनुमति दिइएको छ । तर, स्वास्थ्य विज्ञका अनुसार कोरोना बिरामीका लागि यो औषधि उपयोगी नै हुन्छ भन्ने कुनै प्रमाणित नभएको भन्दै चेतावनी दिएको छ ।

भारतले कोरोना संक्रमितको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विन औषधिको प्रयोगमा रोक लगाएको छ । भारतीय स्वास्थ्य विज्ञहरुले पनि हालसम्म यो औषधिको उपयोग कोरोना संक्रमित बिरामीमा प्रभावकारी नभएको हुनाले यसको प्रयोगमा रोक लगाएको सुझाव दिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमित बिरामीका लागि हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रयोगमा रोक लगाएसँगै भारतले पनि रोक लगाएको छ । भारत सरकारले हालसम्म कोरोना संक्रमित बिरामीको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विन औषधिको प्रयोग गर्दै आएको छ । भारत दक्षिण एसियाली मुलुक अन्तर्गत सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । जहाँ हालसम्म कोरोना भाइरसका कारण एक लाख ५० हजार नाघेको छ भने ४ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर ५६ लाख ८१ हजार नाघेको छ । अमेरिकी विश्व विद्यालय जन हपकिन्सका अनुसार कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ५२ हजार नाघेको छ । यस्तै कोरोनाका कारण संक्रमित भएका मध्ये २४ लाख ३० हजारभन्दा बढी स्वस्थ भएका छन् ।

Last modified on 2020-05-27 07:14:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts