नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, ३२ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, १९ असार । नेपालमा एकैदिन ७ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

यो एकैदिन भेट्ने हालसम्मकै धेरै संख्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी नियमित जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको हो । 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १५ हजार नाघेको बताए । हालसम्म नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १५ हजार २ सय ५९ पुगेको उनले बताए ।

यस्तै पछिल्लो २४ घन्टामा ८ सय २३ जना निको भएका छन् ।

नेपालमा कोरोना संक्रमण पश्चात निको हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको छ ।

यस्तै काठमाडौं बानेश्वरका एक जना ८५ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको र नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको प्रवक्ता गौतमले बताए । 

Last modified on 2020-07-03 16:31:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts