नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को छैठौं राष्ट्रिय शिखर सम्मेलन भाेलिदेखि



Download our app to get more features

काठमाडौं, २१ असार । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को छैठौं राष्ट्रिय शिखर सम्मेलन भाेलिदेखि सुरु हुँदैछ ।

हरेक वर्ष परिषद्ले आफ्नो स्थापना दिवस १०–१२ अप्रिलमा गर्दै आएको सम्मेलन यस वर्ष कोरोना महामारीका कारण स्थगन गरिएपछि भाेलि र पर्सी दुई दिन भर्चुअल सम्मेलन गर्न लागेको हो ।

भर्चुअल हुने परिषद्को सम्मेलनमा विशेषगरि कोरोना महामारी लगायत अन्य महामारीको विषयमा केन्द्रीत भएर छलफल गर्ने परिषदका कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताएका छन् ।

उनले कोरोना महामारीका कारण स्थगित सम्मेलन भर्चुअल रुपमा गर्न लागिएको सम्मेलन विगत ५ वर्षदेखि हुँदै आएको र यसको निरन्तरता जरुरी रहेको भन्दै भर्चुअल रुपमै भए पनि गर्न लागिएको बताए । 

उनले यो भर्चुअल सम्मेलनमा अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गरिने बताए । साथै बैठकले यस शिखर सम्मेलनको नारा अन्तरविषयक अनुसन्धानको माध्यमबाट उदयमानजनस्वास्थ्यका सवालहरुको सम्बोधन तय गरिएको छ ।

सम्मेलनमा विदेशमा रहेका स्वास्थ्य तथा जनसंख्या अनुसन्धानकर्ता, नीति निर्माणकर्ता, विकासका साझेदारी संस्थाहरुलाई सहभागि गराई जनस्वास्थ्यका विषयका सवालहरुको सम्बोधन गराइनेछ । 

सम्मेलनको प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुुभक्त ढकाल रहनेछन् भने ६० वर्ष पुगेका एक जना स्वास्थ्य वैज्ञानिकलाई सम्मान पनि गरिनेछ ।
 

Last modified on 2020-07-05 21:00:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts