श्वासप्रश्वासमा समस्या देखिएकी एक महिलाको धनगढी लैजादै गर्दा मृत्यु



Download our app to get more features

धनगढी, २५ साउन । डडेल्धुरामा श्वासप्रश्वासमा समस्यामा देखिएपछि अस्पताल भर्ना भएकी महिलाको मृत्यु भएको छ ।

जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ की अन्दाजी ३८ वर्षीया महिला श्वासप्रश्वासमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना भएकी थिइन् ।

तर डडेल्धुरामा उपचार सम्भव नभएको भन्दै धनगढी रेफर गरिएकी महिलाको सेती अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरिक्षक हिक्मत थापाले जानकारी दिए ।

महिलाको शव अहिले सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । उनको कोरोना परीक्षण गरिने भएको छ। सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले मृतकको आज स्वाब संकलन गरेर परीक्षण गरिने जानकारी दिए ।

ती महिला धनगढी उप–महानगरपालिका वडा नम्बर ४ मा बस्दै आएको बुझिएको प्रहरीले जनाएको छ। कोरोनाका कारण उनी डडेल्धुरा गएकी थिइन् ।

सुदूरपश्चिमका थप १२ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप १२ जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा १२ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो ।

कूल १ सय ५ जनाको स्वाब परीक्षण गरिएकोमा १२ जनाको रिपोर्ट पोजेटिभ र ९३ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए । उनका अनुसार डोटीको जोरायल गाउँपालिकाका २ पुरुष र २ महिलागरी ४ जना, डोटीकै केआईसिँह गाउँपालिकाका ४ पुरुष, डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ पुरुष र १ महिलागरी ३ जना, त्यसैगरी बैतडीको पाटन नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो । 

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ३२ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts