२८ प्रतिशतले लगाउँदैनन् मास्क



Download our app to get more features

 
काठमाण्डौं,२५ साउन ।    कोरोनाबाट बच्नका लागि लगाइने मास्क जम्मा ७२ प्रतिशतले मात्र लगाउने गरेको पाइएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको  अध्ययन अनुसार  जम्मा ७२ दशमलब १ प्रतिशत मानिसले मात्र मास्क प्रयोग गरेको पाइएको हो ।  अझै पनि   २७ दशमलब १ प्रतिशतले मास्क नलगाएको पाईएको छ । 

यसैगरी मास्क लगाउनेमध्ये पनि ७२ दशमलब ६६ प्रतिशतले मात्रैसही तरिकाले मास्क लगाएको पाइएको अध्ययनमा उल्लेख छ ।यस्तै मास्क लगाउनेमध्ये १५ दशमलव आठ प्रतिशत मानिसले कपडाको मास्क लगाउने गरेको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा परिषदले सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पालना गरेका छन् की छैनन भनी  गरी अध्ययन गरेको हो । व्यक्तिगत रुपमा ४५ सय २ जनामा अध्ययन गर्दा यस्तो परिणाम आएको हो ।
 यसैगरी सार्वजनिक स्थलमा २७ सय ३ जनामा मा अध्ययन गर्दा २७ दशमलब ३४ प्रतिशतले मास्क सही तरिकाले नलगाई चिउँडोमा राख्ने, हातमा लिने वा मुख मात्र छोप्ने गरी लगाएको पाइएको परिषदका कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले बताए ।

यसैगरी सामाजिक दूरी कायम गरिएको छ छैन भनेर गरिएको अध्ययनमा जम्मा ३१ दशमलब २५ प्रतिशतले मात्र सामाजिक दूरी कायम गरेको पाइएको छ ।
 संस्थागत रुपमा गरिएको अध्ययनमा ६० प्रतिशत स्थानमा मात्र साबुन पानी  राखिएको अध्ययनले देखाएको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोनाबाट बच्नका लागि सामाजिक दूरी कायम(सोसल डिस्ट्यान्सिङ), मास्कको प्रयोग र सेनिटाइजर वा साबुन पानीको प्रयोग अघि सारेको छ । यही जनस्वास्थ्यका मापदण्ड कसरी पालना भइरहेको छ भनेर परिषदले अध्ययन गरेको परिषदका कार्यकारी प्रमुख ज्ञवालीले बताए ।
 


 

Last modified on 2020-08-09 17:56:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts