ढलमा देखिएको कोरोना भाइरस सर्दैनः स्वास्थ्य मन्त्रालय 



Download our app to get more features

काठमाडौं, २१ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलमा देखिएको कोरोना भाइरस अन्य व्यक्तिमा नसर्ने बताएको छ ।

हाल राजधानीको ढलको नमूना परीक्षण गर्दा कोरोना देखिएको कुरा बाहिर आइरहेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले आजसम्म कुनै पनि अध्ययनले ढलमा देखिएको भाइरसको संक्रमण अरूमा सरेको तथ्य नभएको जानकारी दिए ।

डा. गौतमले कोरोना भाइरस सामान्य तापक्रमको पानीमा वा फोहोर पानी वा ढलमा दुई दिनसम्म मात्रै बाँच्ने प्रष्टाए ।

यसकारण ढलमा कोरोना भटियो भन्दै संक्रमण समुदायस्तरमा फैलिएर जटिल भएको भन्न नहुने उनी बताउँछन । तर, सरसफाइमा काम गर्न व्यक्तिहरूले सुरक्षा सामग्री लगाउनुपर्ने उनको सुझाव छ ।

एक निजी प्रयोगशालाले उपत्यकाको चार ठाउँको ढलको नमूना परीक्षण गर्दा दुई ठाउँमा कोरोना भाइरस फेला परेको बताएको छ । यो अध्ययन सेन्ट्रल फर मलिकुलर डायनामिक नेपालले  गरेको हो ।

Last modified on 2020-07-05 21:26:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts