सभामुख सापकोटाको आँखाको शल्यक्रिया सम्पन्न, अवस्था सामान्य



Download our app to get more features

काठमाडौं, २४ असार । संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाको आँखाको शल्यक्रिया सफलता पूर्वक सम्पन्न भएको छ ।

उनको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलिले बुधवार बिहान साढे १० बजे शल्यक्रिया गरेको हो ।

केही समययता उनको आँखामा समस्या देखिएको थियो । चिकित्सकहरुको सल्लाहमा सफलता पूर्वक शल्यक्रिया सम्पन्न भएको हो ।

उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेेगरी सभामुख सापकोटा स्वयम्ले व्यहोर्नु भएको छ । शल्यक्रिया पछि सभामुख सापकोटाको स्वास्थ्य अवस्था सामान्य रहेको उनका प्रेस सल्लाहाकार श्रीधर न्यौपानले बताए ।

सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको चिकित्सकको टोली र सिंगो तिलगंगा आँखा अस्पताल परिवारप्रति सभामुख सापकोटाले आभार व्यक्त गरेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts