हुम्लाबाट फर्किएर बाजुरा अस्पतालमा अप्रेसन सेवा दिँदै डा केसी



Download our app to get more features

बाजुरा, २४ असार । असार १० गते निःशुल्क उपचार सेवा दिन बाजुराबाट हुम्ला पुगेका डाक्टर गोविन्द केसी एक हप्ता बसेर पुनः बाजुरा फर्किएका छन् । 

२ महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा दिएर सुदूरपहाडका जिल्ला घुमिरहेका डाक्टर केसी औषधि बाकेर हुम्लाका दुर्गममा रहेका स्वास्थ्य संस्थामा सेवा दिन पैदल गएका थिए ।  

त्यहाँबाट फर्किएर चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर केसी एक हप्तादेखि जिल्ला अस्पताल बाजुरामा बिरामीको उपचार गरिरहेका छन् । उनले जिल्ला अस्पताल बाजुरामा जटिल खालको अप्रेसन सेवा समेत दिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । केसीले नेपालगञ्जमा पाइने अप्रेसन सेवा बाजुरामै दिएका छन् । 

उनले बडिमालिका नगरपालिका –९ की ४८ वर्षीया बसन्ती गुरुङ्गको नसा सम्बन्धी जटिल खाले अप्रेसन बाजुरामै गरेका छन् । ‘अन्यन्त्र जान पैसा थिएन्, लामो समयदेखि समस्याले अल्झिरहेकी थिए । तर, यसपाली जिल्लामै उपचा पाए’ उनले भनीन् । 

डा केसीले साना अप्रेसन धेरै गरेको भएपनि जटिल खाले तीन वटा हात र नशाको अप्रेसन गरेको स्टाफनर्स धर्म रोकायाले बताइन् । त्यसअघि कोल्टी पुगेका डा केसीले आइसोलेसनमा रहेका बिरामीको उपचार गरेका थिए । उनले उपचार मात्र नभई बिरामीलाई औषधि समेत निःशुल्क वितरण गर्ने गरेका छन् । डाक्टर केसीले यसअघि डडेल्धुराबाट गएपश्चात बझाङ, दार्चुला, बैतडी लगायतका जिल्लामा पुगेर सेवा दिइसकेका छन् ।

बेलाबेलामा मेडीकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडिकल कलेज खोल्न माग गर्दै आएका उनी १७ औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए ।

गत कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेको थिए । तर, कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह कार्तिक २६ गते ९औं दिनमा स्थागित भएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts