नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ८ हजार नजिक

२ सय ५५ जना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, २४ असार । नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ८ हजार नजिक पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी नियमित जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप २ सय ५३ जना कोरोना सङ्क्रमित निको भएको बताएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको बताए । 

उनले हालसम्म नेपालका विभिन्न स्थानमा गरि ८ हजार ६ सय ३६ जना आइसोलेसनमा रहेको पनि जानकारी दिए । 

यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २ सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले बताए । 

उनले नेपालका विभिन्न २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको पनि जानकारी गराए । 

यस्तै हालसम्म नेपालका विभिन्न स्थानमा क्वारेन्टाइनमा २५ हजार ४० जना रहेको र पछिल्लो २४ घन्टामा ४ हजार ६ सय ९६ वटा पिसिआर परीक्षण गरिएको छ ।

Last modified on 2020-07-08 16:44:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts