भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनामा कारोना संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, असार २४ । भरतपुरमा गरिएको परीक्षणमा चितवनका  र नवलपुर गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

बुधबार भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएका २५५ नमुना मध्ये ५ जनामा कोभिड–१९ पुष्टि भएको हो ।

बाँकी २५० वटा नमुनाहरुको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाकी प्रमुख डा. नीतु अधिकारीले बताएकि छन् । ती ५ नयाँ संक्रमित चितवन भरतपुर १७ १८ का ३० ३२ ५५ वर्षिया ३ पुरुष, कालिका–२ का एक पुरुष ३८  वर्षका छन्।

५ संक्रमित मध्ये नवलपुर गैंडाकोटका एक ३१ वर्षिया  पुरुष नै रहेका छन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts