कसरी बढाउने शरीरको प्रतिरोधात्मक क्षमता?



Download our app to get more features

रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) भन्नाले हाम्रो शरीरले विभिन्न रोगसँग लड्ने क्षमता हो । ‍यो क्षमता उत्तम भएकै कारण हामी संक्रमण र रोगहरूबाट जोगिएका हुन्छौं ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई विभिन्न खालका रोग लाग्ने तथा संक्रमण छिट्टै हुन्छ । त्यसकारण प्रतिरोधात्मक क्षमता बढाउन खानेकुरामा विशेष ध्यान दिनुपर्छ ।

कुनै पनि खानेकुराले ग्यारेन्टीका साथ हाम्रो प्रतिरोधात्मक क्षमता त बढाउँदैन। तर पोषिलो तथा सन्तुलित खाना नियमित खाँदा र स्वस्थ जीवनशैली अपनाउँदा मद्दत भने पुग्छ।

सन्तुलित खाना भन्नाले शरीरलाई आवश्यक पर्ने सबै पोषक तत्व मिलाइएको खाना हो। ।

हरियो सागसब्जी तथा तरकारी, प्रशस्त प्रोटिन भएका गेडागुडी, कागती, अमला, भोगटे, सुन्तला जस्ता अमिलो जातका फलफूलले प्रतिरोधात्मक क्षमता बढाउन सघाउँछ ।

घरमा बसेका बेला भनेर अत्यधिक खानेकुरा भने खानु हुँदैन । सबै खानेकुरा मिलाएर मात्रै खानुपर्छ ।

त्यससँगै मासुहरु राम्ररी पकाएर खानुपर्छ ।

घरमै भएका सामानको मात्रा मिलाएर समेत खान सकिन्छ । जस्तैः अदुवा, बेसार, मह, घ्यु, दालचिनीको र मरिचको धूलोलाई तातोपानीमा मिलाएर खाएमा सामान्य समस्याबाट बचिन्छ । ती खानेकुराले रुघाखोकी, कफमा राहत मिल्छ भने जटिल रोग लाग्नबाट बचाउन पनि धेरै पुग्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन व्यायाम, सरसफाई, योगले पनि ठूलो भूमिका खेल्छ ।

यसका साथै आफ्नो तनाव पनि कम गर्नुपर्छ र निद्रा पनि राम्ररी पुर्‍याउनुपर्छ ।

धूमपान सेवन तथा रक्सी धेरै पिउनाले प्रतिरोधात्मक क्षमता कम गर्छन्। यसकारण यस्ता हानिकारिक वस्तुबाट टाढै रहनुपर्छ ।
 

Last modified on 2020-07-16 07:54:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts