कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामीको उपचारमा सरकारले आर्थिक सहयोग गर्ने

विस्तृत प्रस्तावको प्रकृया अघि बढाइयो



Download our app to get more features

काठमाडौं, ११ असोज । कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामीको उपचारमा सरकारले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यरोपण विभागका वरिष्ठ सर्जन डा रमेश सिंह भण्डारीले अस्पतालको कलेजो प्रत्यारोपणको कामको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको कुराकानीमा कलेजो प्रत्यारोपणमा आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए ।

प्रधानमन्त्री ओलीले कलेजो प्रत्यारोपण गर्ने बिरामीलाई सरकारले के कति सहयोग उपलब्ध गराउनु पर्छ भनेर विस्तृत प्रस्ताव तयार पार्न पनि आग्रह गरेको डा भण्डारीले जानकारी दिए ।

क्यान्सर, मुटु, मिर्गौला रोगको उपचारमा सरकारले सहयोग गरेजस्तै कलेजो प्रत्यारोपणमा पनि सहयोग उपलब्ध गराउनु पर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको थियो, डा भण्डारीले भने, “उहाँले प्रस्ताव बनाएर ल्याउनु सरकारले सक्दो सहयोग गर्छ भन्नु भएको छ, मैले प्रस्ताव तयार पारेर प्रकृया अघि बढाएको छु,“ डा भण्डारीले भने ।

सरकारले अहिले विभिन्न ८ प्रकारका कडा रोगमा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । कलेजो प्रत्यारोपण गर्न निकै खर्च लाग्ने भएकाले सरकारले यसमा आर्थिक सहयोग गरे धेरै बिरामीले राहत पाउने डा भण्डारी बताउँछन् ।

अरु देसको तुलनामा नेपालमा सस्तो भए पनि आर्थिक अवस्था कमजोर भएका नागरिकको लागि २५ लाख ठुलो रकम भएको डा भण्डारीले बताए ।

Last modified on 2020-09-27 15:11:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts