अछाममा भारतबाट फर्किएका एक कोरोना संक्रमितको मृत्यु

Download our app to get more features
अछाम, ११ असोज । अछाममा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका ३, बर्दादेवीका ३४ वर्षीय पुरुषको शनिबार बेलुका मृत्यु भएको हो।
डोटी अस्पताल प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देवदत्त जोशीले बताए। उनी भारतबाट आएर गाउँपालिकाले बनाएको आइसोलेसनमा बसेका थिए।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई जिल्ला अस्पताल अछाम लगिएको थियो। उनको शव आइतबार नेपाली सेनाले व्यवस्थापन गर्दैछ। योसँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।

































