नेपालमा थप १३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, ७ सय ४२ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, १२ असोज । नेपालमा थप १३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा १० हजार ८० पिसिआर परीक्षण गरिएकोमा थप एक हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको बताए ।

यस्तै पछिल्लो २४ घन्टामा थप ७ सय ४२ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ । यो संख्या कुल संक्रमितको ७३ दशमलव १ प्रतिशत हो ।

हाल नेपालमा १९ हजार ६ सय २४ सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ८ हजार ६ सय ९५ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १० हजार ९ सय २९ जना होम आइसोलेसनमा रहेका छन् । 

Last modified on 2020-09-28 16:26:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts