२४ वटा सरकारी अस्पतालमा जेष्ठ नागरिकको निःशुल्क उपचार



Download our app to get more features

काठमाडौं, २५ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले (जेरियाट्रीक) जेष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन सम्बन्धि निर्देशिका जारी गरेको छ । जेष्ठ नागरिकलाई स्वास्थ्य उपचारमा छुट तथा प्राथमिकताका लागि यो निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ । 

यो निर्देशका जारी भएपछि ६० वर्षभन्दा माथिका बिरामीको आकस्मिक, बहिरंग र अन्तरंग सेवा निःशुल्क वा सहुलियत प्रदान गरिने छ । 
स्वास्थ्य मन्त्रालयका अनुसार केन्द्र, प्रदेशमा गरि २४ वटा अस्पतालमा जेष्ठ नागरिकके निःशुल्क स्वास्थ्य उपचार भइरहेको र ५० बेडभन्दा सबै अस्पतालमा यो कार्यक्रम लागू गराउने गृहकार्य भइरहेको छ । 
हाल जेष्ठ नागरिकको उपचार निःशुल्क भइरहेका अस्पतालहरु :
प्रदेश १
१.वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरान
२.कोशी अस्पताल,विराटनगर
३.मेची अस्पताल,भद्रपुर
४.उदयपुर अस्पताल, उदयपुर

प्रदेश २
५.नारायणी अस्पताल,वीरगञ्ज
६.जनकपुर अस्पताल,जनकपुर
७.गौर अस्पताल,रौतहट
८.गजेन्द्र नारायण सिंह अस्पताल,सप्तरी

बागमती प्रदेश
९.पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,पाटन अस्पताल
१०.आयुर्वेद शिक्षण अस्पताल,कीर्तिपुर
११.भरतपुर अस्पताल
१२.वीर अस्पताल
१३.हेटौडा अस्पताल
१४.राष्ट्रिय ट्रमा सेन्टर
१५.सहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

गण्डकी प्रदेश
१६.पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
१७.धौलागिरी अस्पताल

लुम्बिनी प्रदेश
१८.भेरी अस्पताल
१९.राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
२०. लुम्बिनी अस्पताल

कर्णाली प्रदेश
२१.प्रदेश अस्पताल
२२.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

सुदुरपश्चिम प्रदेश
२३.सेती अस्पताल
२४.डडेल्धुरा अस्पताल

Last modified on 2021-03-10 07:31:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts