डा.प्रमोद भट्टको कोरोनाकालमा लेखिएको गजल 'कोरोना त्रास'



Download our app to get more features

कोरोना महामारीका कारण देश आक्रान्त बनेको बेला सबै चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी लगायत सबै क्षेत्र बिरामीको सेवामा खटेका छन् । कोरोना महामारीको पहिलो चरण्ण सुरु भएदेखि नै चिकित्सकहरु कोरोना संक्रमितको उपचारमा खटिरहेका छन् । दिनरात बिरामीको सेवामा खट्नुका साथै एकैछिन फुरसद निकालेर डा. प्रमोद भट्टले रचेको गजल यस्तो छः

कोरोना त्रास 

धेरै पीडाकामाझ आधा श्वासले चलेको छ जिन्दगी
साच्चिकै महामारीमा बाचिन्छ भन्ने विश्वासले चलेको छ जिन्दगी

आधा पेट खान्थ्यौ पहिले, लुटिन्छ भन्न पिर छ अहिले
राहतमा आएको चाउचाउको गाँसले चलेको छ जिन्दगी

मर्नेले त मुक्ति पायो, जिउँसो पनि मरे जस्तै छ
आधा मरेका यी सपनाको लासले चलेको छ जिन्दगी

अकाश हेर्दा आधा देख्छु हेलिकप्टर, आधा देख्छु गिद्ध
कसले पहिले लान्छ भन्ने आशले चलेको छ जिन्दगी

पिडै पिडा छ चारैतिर न ओखति छ, न अक्सिजन
लाचार सरकार र कोरोनाको त्रासले चलेको छ जिन्दगी

Last modified on 2021-05-10 17:57:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts