अनुहारमा डन्डीफोर आयो ? यसरी हटाउनुहोस्



Download our app to get more features

डन्डीफोर भनेको महिला र पुरुषका लागि ठूलो समस्या हो । विशेषगरी टिन एजमा देखिने यो समस्या कसैकसैलाई लामो समयसम्म पनि आइरहन सक्छ । सामान्यतया २५ वर्षसम्म डन्डीफोर आउनुलाई सामान्य भन्ने गरिन्छ । तर, २५ वर्ष कटिसकेको अवस्थामा पनि यदि डन्डीफोर आउने गरेको छ भने चिकित्सकलाई परामर्श गर्नुपर्छ ।

अर्को कुरा रअनुहारमा आएको डन्डीफोर फुटाउनु हुन्छ भने तपाईं गलत गर्दै हुनुहुन्छ । किनकी जथाभावी डन्डीफोर फुटाउँदा तपाईंको अनुहार सधैको लागि कुरुप बन्न सक्छ । 

डन्डीफोरलाई फोर्नाले इन्फेक्शन हुने सम्भावना पनि उत्तिकै हुने चिकित्सकहरूको भनाइ छ । यदि डन्डीफोरले गम्भीर रुप लिइसकेको छ भने छाला रोग विशेषज्ञसँग सल्लाह लिनु पर्छ । 

डन्डीफोर फुटाउनाले त्यसको छेउछाउमा डन्डीफोरको पानी सर्न जान्छ । जसले गर्दा उक्त भागमा विभिन्न प्रकारका किटाणु फैलिने सम्भावना बढ्छ । जसले खतरनाक इन्फेक्शन हुनसक्छ ।

जब तपाईं आफ्नो डन्डीफोर फुटाउनु हुन्छ तब अनुहारमा गहिरो घाउ बन्न जान्छ । जसले गर्दा पछि त्यो घाउ बढ्दै जान्छ र त्यसले छालामा कालो दाग बनाइ दिन्छ । यस्तो दाग मेकअपले पनि लुकाउन सकिँदैन । त्यति मात्र नभई अनुहारमा भएको एउटा डन्डीफोर फुटायो भने अर्को आउने गर्छ । 

डन्डीफोर हटाउने घरेलु उपचार 

  • अनुहारको डन्डीफोर हटाउने केही घरेलु उपाय छन् ती सबैका लगि उपयुक्त हुन सक्छ ः
  • चन्दन र बेसारको धूलोलाई दूधमा मिसाएर पेस्ट बनाउने र अनुहारमा लगाएर आधा घन्टापछि धुने ।
  • पानीसँग जायफल घोटेर बनेको पेस्ट डन्डीफोरमो लगाउँला फाइदाजनक हुने चिकित्सकको भनाइ छ ।
  • एलोभेराको जुस नियमित सेवन गर्नाले छाला सम्बन्धी समस्याबाट मुक्त हुन सकिन्छ । साथै एलोभेराको रस छालामा लगाउनाले पनि डन्डीफोरमा राहत मिल्छ । एलोभेरा जुस बिहान बेलुका गरी आधा कप पिउनु फाइदाजनक हुन्छ । तर गर्भवतीले भने एलोभेराको जुश सेवन गर्नु हुँदैन ।
  • राती सुत्नु अघि अनुहारलाई राम्रोसँग सफा गर्नुहोस् । त्यसपछि काक्रोको एक चम्चा रसमा बेसारको धूलो मिसाएर अनुहारमा लगाउनुहोस । आधा घन्टापछि अनुहार धुँदा डन्डीफोर हटाउन सहयोग मिल्छ । 
  • पिम्पल ठिक गर्नका लागि अनुहारमा निमको फेस प्याक लगाउनु पर्छ । ताजा निमको पात र चन्दन पाउडरको लेप बनाएर २५ मिनेटसम्म अनुहारमा लगाइ राख्ने । त्यसपछि चिसो पानीले अनुहार धुने ।
  • यसबाहेक डन्डीफोर हटाउन खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । खानपानमा सुधार नगरेसम्म उपचारले मात्रै समस्या समाधान हुँदैन । चिल्लो खानेकुराबाट टाढै बस्नु पर्छ र फलफूल हरियो तरकारी बढी सेवन गर्नुपर्छ । साथै पर्याप्त मात्रामा पानी पिउनुपर्छ । यसले शरीरको विकार बाहिर निकाल्न मद्दत गर्छ ।
Last modified on 2021-07-09 22:30:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts