पानी पिउँदा ध्यान दिनुस् यी कुरामा



Download our app to get more features

पानी शरीरको लागि सबैभन्दा बढि आवश्यक पर्ने तत्त्व हो । पानी बिनाको जीवन कसैले पनि कल्पना समेत गर्न सक्दैन । शरीरमा खान नभएपनि पानी भने चाहिरहन्छ । बिरामी हुँदा होस्, चिसो मौसम होस् वा गर्मीे हरेक पल हरेक मौसम र हरेक क्षण मानिसलाई पानी पिउनुपर्छ ।
 
बिहान उठ्ने वित्तिकै पानी पिउनु स्वास्थ्यका लागि निक्कै राम्रो मानिन्छ । तर, पानी पिउनु पर्छ भन्दैमा जति बेला पनि पानी पिउनुभने स्वास्थ्यका लागि हानीकारक हुन सक्छ । 

डा.जया सत्यालका अनुसार पानी पिउँदा यी ६ कुरामा ध्यान दिनु अति आवश्यक हुन्छ :
खाना खानेबेलामा पानी पिउनु हुँदैन 

खाना खाइरहेको समयमा पानी पिउने बानी छ भने आजैदेखि छोड्नुस् । यसले खान पचाउने ग्यास्ट्रिक जुसलाई हल्का बनाइदिन्छ र पाचनमा समस्या आउँछ । खाना खाएको कम्तिमा आधी घन्टा वा १५ मिनेटपछि मात्र पानी पिउनुस् ।

अधिकतम पानी पिउनुस
दैनिकरुपमा प्रयाप्त पानी पिउनुस् । पानी पिउँदा शरीरका सबै गतिविधी सामान्यरुपले सञ्चालित हुन्छन् । स्वास्थ्य पनि सामान्य रहन्छ ।

जवान हुन्छ त्वचा 
पानी पिउँदा हाम्रो त्वचा जवान रहन्छ । यसले हाम्रो अनुहारमा समेत चमक ल्याउँछ । यद्यपी त्वचाको चमक खानपान र बंसजका आधारमा पनि निर्धारण हुन्छ ।

तौल घटाउन पानी पिउनुस्
पानीले तपाईंको मोटोपन पनि कम गर्न सघाउँछ । पानी पिउँदा शरीरमा बोँसो, क्यालोरी वा कोलेस्ट्रोल केही पनि थपिँदैन । पानीले प्राकृतिकरुपमा भोक मार्ने काम पनि गर्छ ।

विकारबाट मुक्ति
विभिन्न प्रकारका विकार जुन खानाको माध्यमबाट हाम्रो शरीरमा जान्छन् । त्यसलाई सफा गर्न पनि प्रयाप्त पानी पिउनु जरुरी छ । विभिन्न रसायनिक प्रतिक्रियाबाट पैदा हुने रसायन कम गर्न पानी उत्तम उपाय हो ।

विभिन्नरुपमा पानी
पानी त्यसै पनि पिउन सकिन्छ भने अन्य तरिकाले पनि पिउन सकिन्छ । जस्तै ग्रीन टी, सुप, नारियल पानी या शर्बत । कोक फान्टा होइन पानी पिउनुस् । पानीले शरीरमा भएको अधिक नूनलाई पनि पिसावको माध्यमबाट बाहिर निकाल्छ ।

Last modified on 2021-07-07 10:41:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts