खाना खाने बेलामा पानी पिउने बानी छ ? यस्ता छन् नोक्सान



Download our app to get more features

हामीमध्ये धेरैको बानी हुन्छ खाना खाने समयमा पानी पिउँदै खाना खाने । अझै कतिको बानी त गाँसै पिच्छे पानी पिउने पनि हुन्छ । यदि तपाईँ पनि खाना खानेबेलामा पानी पिउनुहुन्छ भने यो बानी जतिसक्दो चाँडो छोड्नुस् ।

हालै गरिएको एक अध्ययन अनुसार खाना खानेबेला पानी पिउने बानी तपाईको स्वास्थ्यका लागि खतरनाक हुन सक्छ । खाना खानेबीचमा पानी वा सफ्ट ड्रिन्क पिउने बानीले सबैभन्दा बढी पेट स्वास्थ्यको लागि नराम्रो हो ।

त्यतिमा मात्र नभई यसले तपाईँको प्रतिरोधात्मक क्षमतालाई पनि प्रभावित गर्न सक्छ ।

खाने बेलामा पानी पिउनाले के नोक्सान हुन सक्छ  ...  

  • इन्सुलिनको मात्रा बढाउँछ  

खाना खानेबेलामा पानी पिउनाले शरीरमा इन्सुलिनको मात्रा बढ्छ । जसले गर्दा हाम्रो पाचन प्रक्रिया प्रभावित हुन जान्छ । त्यति मात्र होइन यसले हाम्रो शरीरमा ब्लड सुगरको मात्रालाई पनि बढाउने सम्भावना बढी हुन्छ । 

  • मोटोपनाको कारण बन्न सक्छ

खाना खानेबेलामा सफ्ट ड्रिन्क्स र पानी पिउने बानी तपाईँको मोटोपनको कारण बन्न सक्छ । खानेबेलामा पानी पिउनाले पाचन क्रिया कमजोर हुन्छ र इन्सुलिनको मात्रा बढ्छ । जसकारण शरीरमा वोसो जम्ने हुन्छ र शरीरको तौल बढ्दै जान्छ ।  

  • एसिडिटी बढ्छ 

खानेबेलामा पानी पिउनाले खानाको पाचन क्रिया सुस्त हुन जान्छ । खाना पेटमा नपचेर धेरै समयसम्म रहिरहने हुँदा एसिडिटी हुन थाल्छ । जसले गर्दा पेट, छाती र घाँटीमा जलन पनि हुने गर्छ । 



बीबीसी फूड

Last modified on 2021-07-14 10:25:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts