ग्रीन टी पिउन मन पर्छ ? जानौं मात्रा र पिउने उचित समय



Download our app to get more features

आफूलाई स्वस्थ, सुन्दर र तन्दुरुस्त राख्न चाहनेले विभिन्न उपाय अपनाउने गर्छन् । व्यायामदेखि खानपान र नियमित स्वास्थ्य जाँच गराउने गर्छन् । त्यसमापनि पछिल्लो समय ग्रीन टी एकदमै चर्चित बनेको छ, सबैका लागि । ग्रीन टी सेवन नगर्ने सायदै कोहि छन् होला, तर, सहर बजारमा । विशेषगरी कामकाजी व्यक्तिहरु र फिटनेशलाई बढी प्राथमिकता दिनेहरुले ग्रीन टी सेवन गर्न बढी रुचाउँछन् ।

यसको प्रभावकारिताकै कारण केही वर्षयता लोकप्रियता पनि ह्वात्तै बढेको छ । तर, स्वस्थ र तन्दुरुस्त रहने भन्दैमा धेरै ग्रीन टी सेवन गर्नु घातक हुने विभिन्न अध्ययनले देखाएको छ । मात्रा र समय मिलाएर ग्रीन टी सेवन गरे मात्रै अपेक्षित फाइदा हुनेछ । 

धेरैजसो मानिस तौल कम गर्नुपरे उनीहरूको पहिलो रोजाइ ग्रीन टी हुन्छ । त्यसबाहेक छालालाई स्वस्थ राख्न, मेटाबोलिज्म बढाउन र लामो समयसम्म सक्रिय रहन पनि ग्रीन टीले मद्दत गर्छ । तर, ग्रीन टी फाइदाजनक हुन्छ भन्दैमा जतिबेला मन लाग्यो त्यतिबेला पिउनु हुँदैन । सामान्यतया धेरैजसोले यस्तै गल्ती गर्छन् । 


ग्रीन टी पिउन कुन समय उपयुक्त हुन्छ भनेर जान्न जरुरी छ । अन्यथा त्यसले फाइदा भन्दा हानी धेरै गर्छ । ग्रीन टीमा कैफिन र टेनिन्स पाइन्छ । जसले ग्यास्ट्रिक जुसलाई डाइल्यूट गरी पेटमा हानी पुर्याउन सक्छ । ग्रीन टी धेरै पिउनाले रिगंटा लाग्ने, बान्ता हुने रग्यास हुने जस्ता समस्या उत्पन्न हुन्छ । ग्रीन टीको फाइदा लिन यसको सही प्रयोग बारे जान्नै पर्छ ।

ग्रीन टी प्रयोगको समय र तरीकाबारे निम्न कुरामा ध्यान दिऔं :
१.
खाली पेटमा ग्रीन टी पिउनु हुँदैन ।
२. खाना खानु भन्दा एक वा दुई घण्टा पहिले नै ग्रीन टी पिउनुपर्छ ।
३. ग्रीन टीमा दूध र चीनी मिसाएर कहिल्यै पिउनु हुँदैन ।
४. ग्रीन टीमा चिनीको सट्टा मह मिसाएर पिउनु फाइदाजनक हुन्छ ।
५. खाना खाइसकेपछि तुरुन्त ग्रीन टी पिउनु खतरनाक हुन्छ ।
६. एक दिनमा दुई वा तीन कप मात्रै पिउनु पर्छ ।

 

बीबीसी फूड

Last modified on 2021-07-18 09:33:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts