नर्भिक अस्पतालमा उपचाररत् मोडल निशाको निधन



Download our app to get more features

काठमाडौं,१६ भदौ । नर्भिक अस्पतालमा उपचाररत् मोडल निशा घिमिरेको मृत्यु भएको छ ।  

नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाका अनुसार उनको उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे मृत्यु भएको हो ।

बाँस्तोलाले भने,'बुधबार बिहानदेखि घिमिरेको अवस्था गम्भीर बन्दै गएको थियो,उहाँलाई लगातार अक्सिजनको सपोर्ट दिएर सिसियुमा राखिएको थियो तर स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन।'

घिमिरेको लामो समयदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । उनको मुटु र मिर्गौलाले काम गर्न छोडेको थियो । 

जिउँदो लाशजस्तो बनेकी  घिमिरेलाई नर्भिक अस्पतालले जेठ २७ गते उद्धार गरी निशुल्क उपचार थालेको थियो । 

Last modified on 2021-09-02 09:30:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts