विश्व क्यान्सर सचेतना महिना

नियमित स्तनपान गराउँदा स्तन क्यान्सरको जोखिम कम हुन्छ ? यसो भन्छन् डा.प्रधानाङ्ग



Download our app to get more features

अहिले विश्वभर विभिन्न सचेतनता मुल्क कार्यक्रम गरि स्तन क्यान्सर महिना मनाइंदै छ । महिलाहरूमा स्तन क्यान्सर हुने विभिन्न कारणमध्ये स्तनपान नगराउनु पनि हो ।

स्तनपान बच्चाका लागि अमृत समान हुन्छ । तर, हिजोआज सौन्दर्य बिग्रने, सार्वजनिक स्थानमा कसरी स्तनपान गराउने, स्तनपान गराउँदा स्तन बिग्रिने जस्ता अनेक कुरा भन्दै कतिपय आमाले बच्चालाई स्तनपान गराउन हिचकिचाउने गरेको पाइन्छ । 

नयमित स्तनपान गराउँदा बच्चलाई मात्रै होइन स्वास्थ्यका दृष्टिकोणबाट आमालाई पनि फाइदा हुने मानिन्छ । 

स्तनपान गर्ने र गराउने चलन स्तनधारीको विकाससँगै यसको पनि विकास भएको पाइन्छ । यो ज्यादै पुरानो प्रचलन हुनुका साथै प्राकृतिक र स्वस्थकर मानिन्छ । तर विश्वमा भएको विकास र अनेकौ परिवर्तनका कारण स्तनपान गराउने प्रचलन घट्दै गएको छ । 

त्यसैले शिशुलाई सुरक्षित स्तनपान गराउन आमालाई प्रेरित गर्ने उदेश्यले हरेक वर्ष अगष्ट १ देखि ७ सम्म विभिन्न कार्यक्रम गरी सप्ताह व्यापी विश्व स्तनपान दिवस पनि मनाइने गरिन्छ । जसले गर्दा सुत्केरी, गर्भवति आमाहरुलाई स्तनपानेबारे जानकारी होस् र उनीहरुले नियमित स्तनपान गराउन् भनेर । यसले बच्चालाई आमाको अमृतसमान दूधबाट सबै आवश्यक तत्त्व पूरा हुन्छ भने स्तन क्यान्सरजस्तो रोगबाट आमाहरुलाई जोगाउन सकिन्छ ।

बच्चा जन्मेदेखि छ महिनासम्म आमाको दुध मात्र खुवाउनुपर्छ । छ महिनापछि आमाको दुध सँगसँगै पोषिलो खाना दिनुपर्ने हुन्छ । नियमित स्तनपान गराउनाले बच्चाको साथ साथै आमामा पनि धेरै फाइदा पुगेको हुन्छ । नियमित स्तनपान गराउनाले महिलामा हुने स्तन क्यासरको जोखिमसमेत कम हुन्छ ।

दुई वर्षसम्म नियमित स्तनपान गराउने भन्दा नगराउने महिलामा स्तन क्यान्सरको असर धेरै पाइएको छ । नियमित स्तनपान गराउँदा महिलाको हर्मोनमा आउने परिवर्तनका कारण स्तन क्यान्सरको जोखिमबाट बचाउँन सक्छ । त्यसैले स्तनपानले बच्चालाई मात्र नभइ आमालाई पनि रोगबाट बचाउन धेरै सहयोग गरिएको छ । 

स्तनपानका बारेमा जनचेतना दिने क्रममा यस विषयलाई पनि प्राथमिकतामा साथ जानकारी दिन जरुरी हुन्छ । सन् २०१३ मा १२ वटा अस्पतालमा गरिएको अध्ययन अनुसार सात हजार ५२ जनामा स्तन क्यान्सर पाइएको थियो । महिलामा स्तन क्यान्सर पाठेघरको मुखको क्यान्सरपछि दोस्रो स्थानमा रहेका छ ।

दुई वर्षसम्म निरन्तर स्तनपान गराउने महिलामा स्तन क्यान्सरको जोखिम कम रहेको जनचेतना फैलाउन सके महिलामा स्तन क्यान्सर हुने संख्या समेत घट्न सक्छ ।  

Last modified on 2021-10-06 11:54:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts