डा. केसीको अनशन स्थगित



Download our app to get more features

काठमाण्डौ, २१ असोज । अख्तियार प्रमुखलाई महाअभियोग लगाउनुपर्ने, चिकित्सा शिक्षा विधयेक पास हुनुपर्ने लगायत माग राखी १२ दिन देखि आमरण अनशनमा रहेका शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् । 
नवौं चरणको अनशन बसेको लामो समयसम्म पनि सम्बन्धित निकाय जिम्मेवार नभएको भन्दै केसीले दशैंको समयमा अनशनलाई निरन्तरता नदिने निर्णय गरेका हुन् । केसीले १२ दिनसम्म आफ्नो मागका बारेमा सरकार एवं सदन गम्भीर नभएर लाचार बनेको आरोप लगाएका छन् । ‘केसीले अनशन दशैंका लागि स्थगत गरेपनि त्यसपछि पुनः निरन्तरता दिने भन्नुभएको छ ।’ उनको निकट स्रोतले जनाएको छ । केसीको मागमा सम्बोधन गर्नुपर्ने व्यवस्थापिका संसद आगामी असोज ३० गतेसम्मका लागि स्थगित भइसकेको छ । भने भोलिदेखि दशैंका सार्वजानिक बिदा सुरु हुँदैछ । यो समयमा आफ्ना एजेण्डामा कुनै छलफल एवं औपचाकिर वार्ता नहुने अवस्था सिर्जना भएपछि केसी तत्कालका लागि अनशन स्थगित  गरेका हुन् ।

प्रेस विज्ञप्ति यस्तो छ । 

 

 

Last modified on 2017-08-18 12:19:32

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts