जडिबुटी संकलन गर्न तीन वर्ष प्रतिबन्ध



Download our app to get more features

बाजुरा, ९ फागुन । गौमुल गाउँपालिकाले जडीबुटी संकलनमा प्रतिबन्ध लगाएको छ ।

गाउँपालिकाको दोस्रो गाउँसभाबाट प्रतिबन्ध गर्ने निर्णय गरेको गौमुल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर थापाले बताए । उनले गाउँपालिकामा हुने विभिन्न खालका जडीबुटी अवैधरुपमा संकलन भएपछि दोस्रो गाउँसभाबाट तीन वर्षसम्मका लागि जडीबुटी संकलनमा रोक लगाइने थापाले बताए । 

पहिलो गाउँसभाबाट विनियोजित बजेट तथा योजना कार्यान्वयन गर्ने निर्णयसमेत पारित भएको अधिकृत थापाले बताए । गाउँपालिकाले गाउँ कार्यपालिकाले पास गरेका निर्णय अनुमोदन गरेको छ ।
सभाले चालू आर्थिक वर्ष ०७४÷७५ र आगामी आव ०७५÷७६ को बजेट पारित गरेको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए । 

उनले गाउँ कार्यपालिकाले पास गरेका विभिन्न ऐन, नियमावली कार्यविधि अनुमोदन, गाउँपालिकामा वित्तीय सेवाको नाममा सेवा दिइरहेका वित्तीय संस्था र बैंकलाई प्रतिबन्ध गर्ने, मदिरा व्यवसायलाई व्यवस्थित पार्ने, घुम्ती व्यापारीलाई प्रतिबन्ध लगाउने, न्यायिक समिति गठन गर्ने, सरकारी बाँझो जग्गा गाउँपालिकाले उपयोग गर्नेलगायतका १४ वटा निर्णय सर्वसहमतिका आधारमा पारित गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष सीता थापाले गाउँपालिलाई आत्मनिर्भर र समृद्धि बनाउका लागि सबैको सहयोग आवश्यक हुने बताए । रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts