खिया लागेका उपकरणबाट बिरामीको सेवा

३० बर्ष पुराना उपकरणको भरमा सेवा प्रवाह 



Download our app to get more features

काठमाडौं, १८ फागुन ।  राजधानीका ठूला  र स्थापित सरकारी अस्पतालहरुमा स्थापना काल देखिका उपकरणले सेवा दिइरहेका छन् । देशकै पुराना र ठूला अस्पतालका रुपमा चिनिएका अस्पतालहरुमा ३० बर्ष पुराना उपकरणहरुले सेवा संचालन गरिरहेको पाइएको हो । 

विज्ञहरुका अनुसार हरेक उपकरणको आयु बढिमा ५ बर्षको हुने गरेको छ । सिभिल अस्पतालका निर्देशक डा. आरपी चौधरीले बताए । उनले भने आयु कम भएपनि हाम्रा सरकारी अस्पतालहरुमा तोकेको भन्दा बढि समय चल्ने गरेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज मेन्टिनेन्स शाखाका इन्जिनियर अमित कुमार चौधरीले टिचिङ अस्पताल स्थापना देखिका उपकरणहरु अहिलेसम्म संचालनमा रहेको बताए । स्थापना काल देखिका उपकरणबाट सेवा प्रवाह भइरहेको छ उनले भने, ‘उपकरणमा खियाँ लाग्ने सम्भावना भएकाले बिरामीमा समस्या देखिन सक्छ ।’ 

जनताको स्वास्थ्य सेवामा प्रयोग हुने उपकरण हेर्दा शिक्षण अस्पताल महाराजगञ्ज, सिभिल सर्भिस हस्पिटल र वीर अस्पतालमा भएका उपकरणहरुको अवस्था दयनिय रहेको देखिएको छ । इन्जिनियर चौधरीले आयुभन्दा बढी समय चलेका उपकरणको क्षमतामा कमी आउने र खियाँ लागेको हँुदा यस्ता मेसिनले बिरामीको स्वास्थ्य परीक्षण गर्दा समस्या देखिन सक्ने स्पष्ट पारे । 

पाँच वर्ष आयु ३० वर्ष सेवा
नाम चलेका तीन ठूला सरकारी अस्पतालमा संचालन भएका उपकरणहरुको अवस्थालाई तुलना गर्दा समयमा उपकरण परिवर्तन गर्ने भन्दा वर्षौ सम्म पुरानै उपकरणबाट सेवा दिने गरेको पाइएको छ । मेसिनको आयु प्राय जसो दुई वर्षको हुन्छ तर, कम्पनीले पाँच वर्षको राखेको हुन्छ । नेपालका अस्पतालहरुमा ३० वर्षसम्म त्यसलाई नै प्रयोगमा ल्याउने गरिन्छ, सिभिल अस्पतालका निर्देशक चौधरीले भने । चौधरीले पुरै नबिग्रदा सम्म चलाउने प्रबृतिको विकासले बिरामीको स्वास्थ्यमा समेत खतरा उत्पन्न हुने डर बढेर जाने आशंका ब्यक्त गरे ।

सबैभन्दा पुराना उपकरणहरु शिक्षण अस्पतालमा
सबैभन्दा पुराना उपकरणहरु शिक्षण अस्पतालमा रहेका छन् । शिक्षण अस्पतालको स्थापना कालमा ल्याएका उपकरणहरु अझै संचालनमा रहेको भन्दै इन्जिनियर चौधरीले यस्ता उपकरणलाई सबैले विस्थापन गर्नुपर्ने बताए । आयु सकिएका उपकरणहरुबाट निरन्तर स्वास्थ्य जाँज गराउँदा कतिपय अवस्थामा बिरामीहरुमा थप समस्या हुने गरेको छ ।

शिक्षण अस्पतालमा २५ बर्ष देखि अटो क्लेभ मेसिन संचालनमा रहेको छ । यो अतिनै महत्वपुर्ण मेसिन भएकाले यसलाई वषौं सम्म संचालनमा ल्याउनु उपयुक्त नभएको प्रा.डा लोकविक्रम थापा बताउँछन् । उनि भन्छन, ‘उपचारमा जादाँ प्रयोग हुने कपडाहरु यसले सफा बनाउने काम गर्छ । तर, जति पुरानो हुदै गयो त्यतिनै संक्रमण गराउन सक्छ ।’ फरक–फरक कम्पनिका उपकरणहरु संचालनमा छन् । कुन उपकरणले कहिले समस्या ल्याउने हो भन्न सक्ने अवस्थामा हामी छैनौं चौधरीले भने । चिकित्सकहरुका अनुसार धेरै समय सम्म उपकरण प्रयोगमा ल्याउदा बिरामीलाई दिनु पर्ने सेवामा कमी आउने छ । 

यस्तो छ उपकरणको अवस्था

 

Last modified on 2018-03-02 15:46:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts