अनशन बस्नु अघि डा. केसीले खाए एक हाफ चाउमिन र ५० ग्राम मिठाई 



Download our app to get more features

डडेलधुरा, १८ कात्तिक । १७ औं चरणको अनशन बस्न भन्दै डडेलधुरा पुगेका चिकित्सक डा. गोविन्द केसीले स्थानीय निर्मल क्लिनिक भएको घरबाट अनशन सुरु गर्ने भएका छन् । 
अनशन बस्नुअघि डा. केसीले एक हाफ चाउमिन र ५० ग्राम मिठाई खाजा खाएका छन् । 
सरकारलाई यसअघि नै अल्टिमेटम दिएका डा. केसी अनशन बस्न डडेलधुरा पुगेका हुन् । उनले यसअघि नै डडेलधुरा अस्पतालमा सामान्य स्वास्थ्य परीक्षण गराइसकेका छन् । त्रिवि शिक्षण अस्पतालबाट सेवा निवृत्त भएसँगै डा. केसीले कहाँ गएर अनशन बस्छन् भन्ने जिज्ञासा रहेका बेला उनी डडेलधुरा पुगेका हुन् । 

Last modified on 2019-11-05 06:20:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts