५ जिल्लामा विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम सुरु



Download our app to get more features

काठमाडौं, ९ मंसिर । आयुर्वेद तथा वैकल्पिक उपचारबारे जानकारी प्रदान गर्न विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम पाइलटिङका रुपमा सञ्चालनमा आएको छ । 

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पाइलटिङका रुपमा यो कार्यक्रम ५ वटा विद्यालयबाट सुरु गरेको विभागका वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा. श्याम बाबु यादवले बताए । आयुर्वेद सम्बन्धी जानकारी विद्यालय स्तरबाट प्रदान गर्दा यसबाट आयुर्वेदका बारेमा नागरिक सचेत गराउन सजिलो हुने भन्दै विभागले कार्यक्रम अगाडी सारेको हो । विभागले विश्व स्वास्थ्य संगठनको सहयोगमा काठमाडौं, भक्तपुर, ललितपुर, धनुषा र रुपन्देहीमा यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । 

यस कार्यक्रम मार्फत विद्यार्थीलाई योगको बारेमा सिकाउनुका साथै जडिवुटीका बारेमा समेत जानकारी प्रदान गरिने छ । नेपाली नागरिकले आफ्नै घरकरेसामा भएका जडिबुटीलाई नचिन्ने अवस्था रहेको भन्दै यो कार्यक्रम अगाडि सारिएको विभागले जनाएको छ । 

Last modified on 2019-11-27 07:55:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts