सुदूरपश्चिम सरकारले माग्यो वैद्यदेखि विशेषज्ञसम्म, १ सय ४१ जनालाई अवसर



Download our app to get more features

काठमाडौं, २९ फागुन । सुदूरपश्चिम सरकारले ठूलो संख्यामा स्वास्थ्यकर्मी माग गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले १ सय ४१ जना जनशक्ति करारमा राख्न लागेको हो ।

प्रदेश निर्देशनालयले १२ जना मेडिकल अधिकृत माग गरेको छ । त्यस्तै, ५ जना ९ औं तहको मेडिकल सुपरिटेन्डेन्ट र ४ जना मेडिकल जनरलिस्ट मागिएको छ । कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट एनेस्थेटिष्ट र प्याथोलोजिष्ट पनि क्रमशः तीन-तीनजना करारमा पदपूर्ति गरिने भएको छ । कन्सल्टेन्ट फिजिसियन ४ जनाका लागि दरखास्त खुलाइएको छ । प्रदेश सरकारले १ सय ४१ जनामध्ये ८ जना नर्स पनि मागेको छ । 

आयुर्वेद तर्फ भने ५ औं तहको कविराज २ जना र चौथो तहको वैद्यका लागि एउटा स्थान रहेको छ । 

हेरौं प्रदेश सरकारले गरेको विज्ञापन


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts