'आइओएममा' अध्ययनका लागि अनलाईन फारम खुल्यो

भर्नाको लागि अनलाईन मात्र



Download our app to get more features

काठमाडौं,७ असोज । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान Institute Of Medicine(IOM) ले शैक्षिक बर्ष २०७४।२०७५ का लागि आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसमा स्नातक तह( MBBS,Nursing, BAMS,BPH,BDS,BMLT,B.Pharma,Bsc. MIT,B Optom ) लगायतका विषयमा भर्ना हुन लिइने प्रवेश परीक्षाको अनलाइन फारम खुलाएको छ । 

तोकिएको योग्यता हासिल गरेका स्वदेशी तथा विदेशी विद्यार्थीहरुबाट तोकिएको समयावधिभित्र अनलाइन फारम भर्न आव्हान गरिएको छ । त्यसको लागि www.iom.edu.np लग अन गरी फारम प्राप्त गर्न सकिने र उक्त अनलाईनबाट नै फारम भर्न सकिने सूचनामा उल्लेख गरिएको छ । यो भन्दा बाहेक भर्नाको लागि अन्य व्यवस्था नगरिएको पनि स्पष्ट पारिएको छ । 

1 Comments

  1. Bmit 4years course how much totall amount


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts