सीरियाका राष्ट्रपति असद र उनकी श्रीमति अस्मा कोरोना संक्रमित



Download our app to get more features

बीबीसी, २५ फागुन । सीरियाका राष्ट्रपति बशर अल असद र उनकी श्रीमति अस्मा कोरोना संक्रमित भएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार, राष्ट्रपति असद र उनकी श्रीमति अस्मामा कोरोना भाइरसको संक्रमणको सामान्य लक्षण देखिएपछि पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको हो ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै हाल दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु होम आइसोलेसनमा रहेको बताइएको छ ।

सीरियाली अरब रेड क्रीसेन्टका प्रमुखले युद्धग्रस्त क्षेत्रमा फेबु्रवरी महिनाको अन्त्यतिर कोरोना संक्रमणको दर बढ्न थालेको बताएका थिए ।

तर, संक्रमणको दर कस्तो छ भन्ने विषयमा खुलाइएको थिएन । सिरियामा कोरोना परीक्षणको अवस्था कमजोर रहेकाले समस्या भइरहेको पनि क्रीसेन्टले बताएका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts