केडीसि जनरल हस्पिटलले पत्रकारलाई पिसिआर परीक्षण गर्दा ५० प्रतिशत छुट दिने



Download our app to get more features

काठमाडौं, १६ जेठ । केडीसि जनरल हस्पिटलले पत्रकारलाई पिसिआर जाँच गराउँदा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

हस्पिटलले आजबाट लागू हुनेगरी यो सुविधा सुरु गरेको छ ।

हस्पिटलका प्रमुख डा.बुद्धिमान श्रेष्ठले पत्रकारहरुलाई आर्थिक भार नपरोस भन्दै पिसिआर परीक्षण गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बताए ।

उनले यो सुविधा काठमाडौं उपत्यकासहित देशभरकै पत्रकारकालागि रहेको पनि बताए ।

उनका अनुसार पत्रकारले सूचना विभागको कार्ड नभएपनि आफू कार्यरत संस्थाको परिचय पत्र लिएर जादा छुट दिइनेछ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts