नर्भिक इन्टरनेशनल हस्पिटलले ल्यायो पोस्ट कोभिड प्याकेज



Download our app to get more features

काठमाडौं, १ असार । नर्भिक इन्टरनेशनल हस्पिटलले पोस्ट कोभिड प्याकेज ल्याएको छ ।

कोरोना महामारीको जोखिमलाई ध्यानमा राखेर अस्पतालले दुई समूहमा गरेर पोस्ट कोभिड प्याकेज ल्याएको हो ।

समूह 'ए' मा हेमाटोलोजी प्रोफाइल, डी–डीमर, सीआरपी, कोभिड एन्टीबडी टेस्ट, चेस्ट सिटी (प्लेन) र डक्टर कन्सल्टेशन छ । यस समूहका लागि १४ हजार ४ सय शुल्क तोकिएको ।

यस्तै समूह 'बी' मा पनि हेमाटोलोजी प्रोफाइल, डी–डीमर, सीआरपी, कोभिड एन्टीबडी टेस्ट, चेस्ट एक्स रे र डक्टर कन्सल्टेशन छ । यस समूहका लागि ७ हजार ५ सय तोकिएको छ । 

आवश्यक जानकारीका लागि अस्पतालमा सम्पर्क गर्न सकिन्छ ।

Last modified on 2021-06-15 13:49:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts