सुईको डरले १० प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएनन् 



Download our app to get more features

एजेन्सी, ६ असार । सुईको डरका कारण १० प्रतिशतले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ। बेलायतको अक्सफोर्ड कोरोना भाइरस एक्सप्लेनेशन एटिट्युड एण्ड न्यारेटिभ्स सर्वेले गरेको अध्ययनमा सुईको डरले विशेष गरेर युवा तथा अल्पसंख्यकले खोप नलगाउने गरेको पाइएको छ।

१५ हजार बढीमा गरिएको अध्ययनअनुसार १० प्रतिशतले सुईको डरका कारण खोप नलगाएको बताएका थिए। उनीहरुले अहिले आफूले नलगाउने पछि के हुन्छ थाहा नभएको बताएका थिए। सहभागीले पछि हिम्मत आएपछि लगाउनसक्ने बताएका थिए।

सुई लगाउने कुरा सुन्नेवित्तिकै केहीको ब्लड प्रेशर घट्न थाल्छ भने केही त बेहोससमेत हुने गरेका छन्। कसैमा प्रेशर बढ्न थाल्छ भने केहीमा अत्यधिक पसिना आउन थाल्छ। अनुसन्धानकर्ताले यसलाई ‘निडल फोविया’ भएको बताए।

सुईप्रतिको डरले बेलायतमा मात्र होइन अधिकांश देशमा केहीले खोप नलागाएका अनुसन्धानकर्ताले बताएका छन्। यसले कोरोना नियन्त्रणमा थप चुनौती पैदा गरेको उनीहरुको विश्वास छ।

अनुसन्धानकर्ताले यस्तो समस्याबाट पार पाउन ‘कग्निटिभ विह्याभिओरल ट्रिटमेन्ट’ आवश्यक रहेको बताएका छन्।

Last modified on 2021-06-21 06:47:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts