ब्लु क्रस हस्पिटलको पोष्ट कोभिड प्याकेजः ईसीजीदेखि चिकित्सकसँगको परामर्शसम्म



Download our app to get more features

काठमाडौं, ७ असार । ब्लु क्रस हस्पिटलले पोस्ट कोभिड प्याकेज ल्याएको छ ।

हस्पिटलले कोभिड संक्रमणमुक्त भइसकेको अवस्थामा र त्यसपछि देखा पर्ने विविध स्वास्थ्य समस्याका कारण उत्पन्न हुनसक्ने जटिल अवस्थाहरुबाट जोगाउनका लागि आवश्यक जाँच तथा परीक्षणसहितको ‘पोष्ट कोभिड प्याकेज’ ल्याएको हो । 

अस्पतालले कोभिड पछिका स्वास्थ्य समस्या र सम्भावित जटिल अवस्थाहरुको समयमा नै निदान तथा उपचार गरी नेपालमा बढ्दो क्रममा रहेको पोस्ट कोभिड मृत्युदरलाई घटाउने उद्देश्य सहित यो प्याकेज घोषणा गरेको हो ।

अस्पिटलले ल्याएको पोष्ट कोभिड प्याकेजमा इसीजी, सीबीसी, युरिन आरई, चेस्ट एक्स रे, एलफटी, फास्टिंग सुगर, सीआरपी क्वान्टीटेटिभ, लिपिड प्रोफाइल, भिटामिन डी, डी डाइमर र डाक्टरसँगको परामर्श गर्न पाइने छ । 

पोष्ट कोभिड प्याकेजका लागि अस्पतालले ८ हजार ९ सय ९९ रुपैयाँ शुल्क तोकेको छ ।

Last modified on 2021-06-21 09:06:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts