कोरोना तेस्रो लहरको पूर्व तयारीमा मेडिसिटी अस्पतालले छुट्यायो सय बेड 



Download our app to get more features

काठमाडौं, ८ असार । नेपाल मेडिसिटी अस्पतालले कोभिड–१९को तेस्रो लहरलाई मध्यनजर गर्दै बालबालिकाहरुको सामान्यदेखि सघन उपचारमा आफ्नो पूर्वतयारी सुरु गरेको छ । 
नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तयार पारेको मापदण्ड र निर्देशनका आधारमा नवजात शिशु तथा १८ वर्ष उमेरसम्मकालाई ध्यानमा राखी अस्पतालले आफ्ना नर्स तथा मेडिकल टोलीलाई विशेष प्रशिक्षणमा सिपिआर पद्धती, आहार- बिहार, इन्फेक्सन नियन्त्रण, मनोसामाजिक परामर्श, फिजियोथेरापी तथा पुर्नस्थापनाजस्ता विषयलाई प्राथमिकता दिएको छ । 

दक्ष चिकित्सक तथा मेडिकल टिम, आवश्यक बेड तथा अत्याधुनिक उपकरणहरु, भेन्टिलेटरसहित नवजात तथा बाल सघन उपचार कक्षको व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ । तेस्रो लहर आउन सक्ने पूर्वानुमान भइरहेका अस्पतालले आफ्नो पूर्व तयारी गरेको हो । महामारी बढ्दै गएको अवस्थामा देशमा विभिन्न स्थानबाट आकस्मिक उद्धार आवश्यक परे त्यसका लागि हवाई तथा ग्राउण्ड एम्बुलेन्स सेवाका प्रदान गर्न प्रि हस्पिटल केयर तथा इमर्जेन्सी विभाग तयार रहेको अस्पतालले जनाएको । 

बालबालिकाहरुलाई हेलिकप्टरबाट उद्धार चाहिने खण्डमा विशेषज्ञ चिकित्सकले नै सो स्थानमा गएर आवश्यक उपचार गर्दै नेपाल मेडिसिटी सम्म स्थानान्तरण गराउन सक्नेछन् । नेपाल सरकारले कुल बेड संख्याको २० प्रतिशत बेड छुट्याउन भनेपनि नेपाल मेडिसिटी अस्पतालले करिब १०० वटा बेड नवजात शिशुको सघन उपचार कक्ष, बालबालिकाको सघन उपचार कक्ष र सामान्य बेड बालबालिकाहरुकै लागि निर्धारित गरी त्यसका लागि आवश्यक पर्ने उपकरण, आमा तथा बच्चाका लागि सुरक्षा व्यवस्था, आकस्मिकदेखि सघन उपचार र भेन्टिलेटरको व्यवस्थालगायतका तयारी गरेको अस्पतालले जनाएको छ । 

Last modified on 2021-06-22 12:24:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts