नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो "नौलो केटाकेटी जीवन बीमा योजना"



Download our app to get more features

काठमाडौं, १० साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नौलो केटाकेटी जीवन बीमा योजना’ ल्याएको छ । कम्पनीले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको सफलता पछि त्यसलाई अझ परिस्कृत गर्दै नौलो केटाकेटी जीवन बीमा ल्याएको हो । 

नौलो केटाकेटी जीवन बीमा योजनामा १ वर्षदेखि १७ वर्षसम्म उमेर समुहका बालबालिकाको ५ वर्षदेखि ३० वर्षसम्म समय अवधिको न्यूनतम १ लाखदेखि आम्दानीको आधारमा अधिकतम बीमाङ्क छनोट गर्न सकिन्छ ।

यस बीमालेखमा १ वर्षदेखि ७ वर्षसम्म उमेर भएको बीमितको बीमा प्रारम्भ मितिबाट २ वर्ष पूरा भएपश्चात वा ७ वर्ष उमेर पूरा भएपश्चात (जुन पछि आउँछ) मात्र बीमालेख अन्तर्गतको जोखिम प्रारम्भ हुनेछ । त्यसैगरि बीमितको उमेर ८र ९ वर्ष भएमा १० वर्ष पुरा भएपछि र बीमितको उमेर १०/११ वर्ष भएमा बीमाको वार्षिकोत्सव मितिदेखि बीमालेख अन्तर्गतको जोखिम प्रारम्भ हुनेछ ।

वार्षिक ३ किस्ता बीमा शुल्क भुक्तानी गरी जोखिम प्रारम्भ भएको बीमालेखमा ३ वर्ष पूरा भए पश्चात समर्पण मूल्य प्राप्त हुनेछ भने समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ । 

बीमालेख परिपक्व अवधिसम्म बीमित जीवित रहेमा बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ प्रदान गरिनेछ । यदि बीमाको जोखिम प्रारम्भ हुनु अगावै बीमितको मृत्यु भएको खण्डमा सम्पूर्ण बीमा शुल्क (ऐच्छिक बीमा शुल्क बाहेक) प्रस्तावकलाई भुक्तान गरिनेछ । 

त्यसैगरी बीमा जोखिम प्रारम्भ पश्चात बीमितको मृत्यु भएमा तत्काल बीमाङ्क रकमको २५ प्रतिशत भुक्तान दिइनेछ भने बाँकी ७५ प्रतिशत बीमाङ्क रकम र आर्जित बोनस रकम व्याज सहित एकमुष्ठ बीमा अवधि समाप्तीमा प्रस्तावकलाई भुक्तान गरिनेछ ।

समयअनुसार नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ ।

Last modified on 2021-07-25 16:02:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts