नाक,कान,घाँटीको क्यान्सरबारे जनचेतना फैलाउन आवश्यक : डा. श्रेष्ठ



Download our app to get more features

काठमाडौं, १२ साउन । विश्व नाक,कान घाँटी क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर आस्पताल एण्ड रिसर्च सेन्टर र क्यान्सर सर्पोट ग्रुपले संयुक्त रुपमा कार्यक्रम सम्पन्न गरेको छ । 

अस्पतालले दिवशको अवसर पारेर नाक कान घाँटीमा हुने क्यान्सरको बारेमा जनचेतना फैलाउनका लागि उक्त कार्यक्रमको आयोजना गरेको जनाएको छ । त्यस्तै अस्पतालले जनचेतना सँगसँगै नाक,कान घाँटीमा हुने  क्यान्सरको उपचार पनि गर्दै आइरहेको जनाएको छ । 

कार्यक्रममा बोल्दै नेपाल क्यान्सर आस्पताल एण्ड रिसर्च सेण्टरका निर्देशक डा. सुदिप श्रेष्ठले नाक कान घाँटिमा हुने क्यान्सरको बारेमा सबैलाई जानकारी दिने उदेश्यले उक्त कार्यक्रमको आयोेजना गरेको बताएका छन् ।

त्यस्तै अस्पतालमा आएका कतिपय क्यान्सरका बिरामीहरुको निःशुल्क उपचार गरेको बताउदै उनले नाक कान घाँटीमा हुने क्यान्सरको बारेमा पनि बहस गर्न आवश्यक रहेको बताए । 

निर्देशक श्रेष्ठले धेरै बिरामीहरु क्यान्सरको उपचार गर्नका लागि विदेश जाने भएकाले नेपालमै पनि क्यान्सरको उपचार सम्भव छ भन्ने जनचेतना गाउँगाउँमा फैलाउन आवश्यक रहेको पनि बताएका छन् । 

विश्वमा ५ औ नम्बरमा पर्ने यो क्यान्सर नेपालमा बढि जस्तो पुरुषहरुमा देखिएको छ भने महिलाहरुमा पनि देखिन थालेको छ । 


 

Last modified on 2021-07-27 16:06:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts