नेपालमै क्यान्सरको औषधि उत्पादन गर्दै टिजिग फर्मा 



Download our app to get more features

काठमाडौं, १४ साउन । नेपालमै पहिलो पटक क्यान्सरको औषधि बन्न लागेको छ । टिजिग फर्मा प्राइभेट कम्पनीले क्यान्सरको औषधि उत्पादन गर्न लागेको हो । 

टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले निकै मेहनतका साथ औषधि उत्पादन गर्न सफल भएको बताएका छन् । उनका अनुसार टिजिगले अहिले क्यान्सरको औषधि मात्र उत्पादन गरेको र अबको एक दुई महिना भित्र औषधि बजारमा आइसक्ने पनि बताएका छन् । 

औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर उत्पादन थालेको टिजिगले शत प्रतिशत बिदेशि लगानीमा औषधि उत्पादन गरिरहेको छ । निर्देशक वैद्यका अनुसार औषधिको मुल्य यतिनै भनेर तोकिनसकेको र सकेसम्म शुलभ मुल्यमा नै बजारमा पठाउने तयारी रहको छ । 

वैद्यले टिजिगमा  नविनतम र अत्याधुनिक प्रविधि जडानबाट औषधि उत्पादन भइरहेको बताएका छन् । टिजिगले अहिले औषधि व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि स्वीकृति पाइसकेको छ । 
 

Last modified on 2021-07-29 16:30:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts