प्रशासकीय अधिकृत डा. गौतमविरुद्ध वीरका स्वास्थ्यकर्मी र कर्मचारीको प्रदर्शन



Download our app to get more features

काठमाडौँ १७ साउन । काठमाडौंस्थित वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु प्रशासकीय अधिकृत डा.जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रेका हुन् । 

स्वास्थ्यकर्मी र कर्मचारीको प्रदर्शनमा प्रहरीले  लाठीचार्ज गर्दा  ४ जना घाइते भएका छन् ।  उनीहरुले डा. जागेश्वर गौतम प्रशासकीय अधिकृत भएर बीरमा आएपछि अस्पतालको सेवामा कुनै सुधार नभएको बरु आर्थिक अनियमितता भएको भन्दै  प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले आठ महिनादेखि कोभिड–१९ जोखिम भत्ता लगायतका विभिन्न भत्ता नपाएको पनि बताएका छन् । आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड–१९ जोखिम भत्ता नपाएको कर्मचारीहरुले बताएका छन् ।

सरकारले कोभिड १९ नियन्त्रणसम्बन्धी अध्यादेश ल्याई वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाउने घोषणा गरी डा गौतमलाई प्रमुख नियुक्त गरेको थियो ।  

Last modified on 2021-08-01 15:38:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts