हाडजोर्नीको समस्या हुँदैमा शल्यक्रिया नै गर्नुपर्छ भन्ने हुँदैनः डा.चन्द (भिडियोसहित)



Download our app to get more features

हाडजोर्नीको समस्या सबै उमेर समुहका व्यक्तिहरुमा देखिने गर्छ । तर, विशेषगरी उमेर ढल्केकाहरुमा यो समस्या बढी देखिने हुन्छ । हाडजोर्नीको समस्याले गर्दा हाम्रो दैनिक जीवनमा पनि धेरै असर पर्छ । जसका कारण हिँडडुल गर्न समस्या हुने, उठबस गर्न पनि समस्या हुने गर्छ । 

कसैकसैमा हाडजोर्नी सम्बन्धी समस्या जन्मजात नै देखिन्छ भने कसैकसैमा कुनै दुर्घटना वा उमेर बढ्दै जादा देखिने गर्छ । हामिले खाने खानेकुरामा पर्याप्त भिटामिन, मिनरल्स र प्रोटिनको कमीले गर्दा पनि हाडजोर्नीको समस्या देखिन सक्छ ।  

के हो हाडजोर्नी सम्बन्धी समस्या ? 
कुनै रोग, कुनै चोट वा जन्मजात समस्याले गर्दा हड्डीमा असर गर्छ र त्यसले हाम्रो दैनिक जीवनमा असर पार्छ भने त्यसलाई हाडजोर्नीको समस्या भनेर चिन्ने गरिन्छ । हाडजोर्नी समस्या सबै उमेरका व्यक्तिहरुमा देखिने गर्छ । कुनै हाडजोर्नी समस्या जन्मजात नै हुन्छ भने कुनै दुर्घटनाका कारण देखिन सक्छ । त्यस्तै उमेर बढ्दै जाँदा पनि हाडजोर्नीको समस्या पनि देखिँदै जान थाल्छ । 

हाडजोर्नी समस्या भएकाले कस्ता खानेकुरा खाने ?
हाडजोर्नी समस्या भएकाले क्यल्सियमयुक्त खानेकुरा बढी खानुपर्छ । त्यस्तै भिटामिन ‘डि’ पाइने र प्रोटिनयुक्त खानेकुरा पनि खार्नुपर्छ । 

हाडजोर्नीको समस्या भएका सबैको शल्यक्रिया गर्नुपर्दैन :
हाडजोर्नीको समस्या भएका बालबालिकामा शल्यक्रिया गरिँदैन । हाड भाच्चेर आएका बालबालिकामा शल्यक्रिया गरिँदैन । त्यस्ता बालबालिकाहरुको ब्यान्डेज लगाएर उपचार गरिन्छ । 

त्यस्तै बयस्क व्यक्तिहरुमा भने शल्यक्रिया गर्नुपर्ने हुन्छ । कम्मरको जोर्नी खिइएको, घुँडाको जोर्नी खिइएको, मेरुदण्डको नशा च्यापिएको र यसले दैनिक जीवनमा असर पारिरहेको छ भने शल्यक्रिया गर्नुपर्ने हुन्छ । 

हेरौं भिडियोमा हाडजोर्नी रोग विशेषज्ञ एवं शल्य चिकित्सक डा. विरेन्द्र बहादुर चन्द के भन्नुहुन्छ :

Last modified on 2021-09-12 19:44:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts