शरीरमा उर्जा दिने ‘हठ योग’



Download our app to get more features

हरेक दिन २५ मिनेट मात्रै ‘माइन्डफुलनेस मेडिटेशन’ अर्थात सचेत अध्यात्मका साथै हठ योग गर्नाले जीवनभर स्वस्थ रहन सकिने एक अध्ययनले देखाएको छ ।

क्यानडाको ओन्टारियोस्थित यूनिर्भसिटी अफ वाटरलूका सहायक प्राध्यापक पिटर हलका अनुसार हठ योग र माइन्डफुलनेस मेडिटेसन दुवैले ध्यानपछि शरीरमा केही सकारात्मक प्रभाव अनुभव गर्न सकिन्छ । जसले गर्दा मानिसले आफ्ना हरेक काममा ध्यान केन्द्रित गर्न सक्छन् । हठ योग पश्चिमी देशमा प्रचलित योग मध्ये सबैभन्दा लोकप्रिय योग हो । जसमा ध्यानलाई शारीरिक आसन र श्वास लिने व्यायामसँग जोडिन्छ । 

हठ योग जसमा आसन, प्राणायाम र ध्यानको समायोजन हुन्छ । हठ योगले मस्तिष्कका तन्त्रलाई क्रियाशिल बनाउनुका साथै काम गर्ने ऊर्जाको स्तरमा पनि सुधार ल्याउछ । एक अध्ययनका अनुसार नियमित हठ योग र माइन्डफुलनेस मेडीटेसन (ध्यान गर्ने एक स्थिति) गरे मस्तिष्क तन्त्रलाई क्रियाशिल, लक्ष्य–निर्देशित व्यवहारसँग सम्बन्धीत संज्ञानात्मक वा भावनात्मक प्रतिक्रियालाई नियन्त्रित गर्ने क्षमता बढाउनमा मद्दत गर्छ

माइन्डफुलनेस मेडिटेसनमा विचार, भावना र शरीरको उत्तेजनामाथि  केन्द्रित गर्ने गरिन्छ । माइन्डफुलनेस मेडिटेसन र हठ योग दुवैले शरीरमा ऊर्जाको मात्रालाई बढाउनुका साथै प्रभावकारी बनाउनमा मद्दत गर्छ । तर, ध्यान मात्र गर्ने तुलनामा हठ योग र ध्यान दुवै एकै साथ गर्नाले यसको प्रभाव राम्रो हुन्छ । यो अध्ययन ‘माइन्डफुलनेस’ नामक पत्रिकामा प्रकाशित छ ।

 

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2018-09-13 09:33:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts