आँखामा क्यान्सर भए के गर्ने ?



Download our app to get more features

हाम्रो शरीरमा आँखा महत्वपूर्ण अंगको रुपमा रहेको छ । आँखामा रहेको रेटिनामा असामान्य र अनियन्त्रित रुपले वृद्धि भएको अवस्थालाई आँखाको क्यान्सर अथवा रेटिनोब्लास्टोमा भनिन्छ । यो रोग प्राय भर्खरै जन्मिएका नवजात शिशु तथा कम उमेरका बच्चामा बढी देखिने गर्छ । 

रोगका कारणहरु 

यो क्यान्सर लाग्ने निश्चित कारणहरु नभएपनि वंशाणुगत कारणले पनि यो क्यान्सर हुने गरेको छ । 


कसरी चिन्ने ?

सुरुमा आँखामा अफ्ठेरो हुन्छ । 

आँखा वरिपरिका भागहरु सुन्निने हुन्छन् ।

आँखा छुँदा र हेर्दा दुख्ने र हेर्ने शक्ति पनि हराउँछ । 

ज्वरो आउनु, दुब्लाउँदै जानु आदि लक्षणहरु देखा पर्छन् । 

Diagnosis गर्न आवश्यक परीक्षणहरु 

एक्सरे परीक्षणः एक्सरेबाट आँखामा क्यान्सर भए नभएको बारेमा जानकारी लिन सकिन्छ । त्यसैगरी CT Scan, MRI परीक्षणबाट पनि यसको अवस्थाका बारेमा थाहा पानउ सकिन्छ ।

Biopsy: क्यान्सर भए–नभएको निश्चित किटानीका लागि बायोप्सी परीक्षण गर्नुपर्छ । 

उपचार विधि 

सर्जरीः क्यान्सरका कोषहरु   गरी निकाल्नुपर्छ । 

मोथोरापीः केमो औषधिहरु आवश्यकअनुसार दिनुपर्छ । 

रेडियोथेरापीः क्यान्सर भएको भागमा विकिरण दिएर उपचार गर्नुपर्छ । 

लेखकद्वय क्यान्सर रोग तथा क्यान्सर रोकथाम विशेषज्ञ हुन् ।

Last modified on 2019-12-01 06:07:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts