कपाल प्रत्यारोपण : एक पटक गरेपछि सधैलाई पुग्छ ?
            १. कपाल प्रत्यारोपण के हो ?
टाउकोको पछाडिको कहिले नझर्ने (Safe donorzone) कपाल अगाडि प्रत्यारोपण गर्ने प्रक्रिया हो।
२. के यो स्थायी उपचार हो ?
हो। कपाल झर्ने प्रकृति कपालको जरामा निर्भर गर्छ, टाउकोको छालामा गर्दैन। त्यसैले नझर्ने प्रकृतिका कपाल प्रत्यारोपण गर्दा सधै रहन्छ। १०% देखि  ८०% कपाल ६/८ महिनाभित्र  आउँछ  कहिलेकाही  कपालको जरा सुस्ताएको अवस्थामा हुन सक्छ, यस्तोमा  प्रत्यारोपणपछि  (पिआरपि) थेरापी गर्दा राम्रो हुन्छ।
३. रोपेको कपाल जीवनभर  एकनास  रहन्छ ?
 रोपेको कपाल जीवनभर रहन्छ तर समयअनुसार उमेरको प्रभावले चाउरी परेजस्तै कपाल सेतो र पातलो भने हुन सक्छ।  यसकारण कपालको घनात्वमा बुढेसकालमा परिवर्तन देखिन सक्छ।
४. एकचोटी कपाल रोपेपछि  सधैलाई पुग्छ त ?
 रोपेको कपाल रहन्छ, तर तालुपना निरन्तर बढ्दै जाने प्रक्रिया भएकाले कपालका नयाँनयाँ भाग तालु हुन सक्छ। प्रत्यारोपण नगरेको भागबाट तालुपना बढ्नबाट बचाउँन मेडिकल उपचार र पिआरपि थेरापी गर्नुपर्छ। अन्यथा केहि वर्षपछि पुनः अन्य भागमा नयाँ कपाल रोप्न सकिन्छ। संसारभरि विभिन्न चरणमा कपाल प्रत्यारोपण गरिन्छ।
५. सबैजनाले कपाल रोप्न मिल्छ ?
मिल्दैन। सबैको कपाल घनात्व र  Quality फरक हुन्छ। धेरै पातलो कपाल र ठुलो तालु छ भने  प्रत्यारोपणको परिणाम सोचेजस्तो नहुन सक्छ। यसैगरी  तालुपनाबाहेक अन्य कारणले झरेको कपालमा प्रत्यारोपण  प्रभावकारी हुदैन। जस्तै हर्मोनको  समस्या, थाइरोइद, तनाव, भिटामिनको कमी, आन्तरिक रोग, क्यान्सरको उपचारले झर्नु, कपालसम्बन्धि रोगले भर्खरै झर्दै गरेको कपाल, इत्यादी। पहिले अनुभवी चिकित्सकसंग  कारण पत्ता लगाउन जरुरी छ।
६.प्रत्यारोपणका के जोखिम छन्रु कसरी बच्ने ?
 यसमा प्रयोग हुने सुइले प्रत्यारोपण अवधिभरि सामान्य प्रेसर बढाउन सक्छ। यो तत्काल नियंत्रण हुन्छ। यसरि नै सुगरको समस्या, थाइरोइद, धेरै आत्तिने विरामीको सहि उपचार जस्ता समस्यालाई निवारण गर्न सक्ने दक्ष र अनुभवी तालिम प्राप्त चिकित्सकको नेत्रित्वमा मात्र प्रत्यारोपण  गर्नुपर्छ। यस्तै कपाल निकाल्दा नजान्ने व्यक्तिले गरेमा खत वस्ने,पछाडिको भाग खाली देखिने,रोपेको कपाल पातलो र अप्राकृतिक देखिने, घाउ बस्ने  हुन सक्छ। अन्तराष्ट्रिय मेडिकल  नियमानुसार पनि कपाल प्रत्यारोपण डाक्टरले नै गर्नुपर्छ।
ध्यान दिनुपर्ने वुँदाहरु
१. Safe Donor Zone  को कपाल मात्र प्रयोग गरेको हुनुपर्छ।
२. एकै ठाउँको सबै कपाल निकाल्नु भएन। 
३. रोपेको भागमा सहि मात्रामा कपाल रोप्नुपर्छ।
४.कपाल रोपेको पहिलो वर्ष विशेष  हेरचाह गर्नपर्छ।
५.कपालको छाला स्वस्थ हुनपर्छ। 
६.अनुभवी र दक्ष तालिमप्राप्त डाक्टरबाट प्रत्यारोपण गराउनुपर्छ।  
                
                
                                    