नेपालमा भीटीएमको समस्या हुनै सक्दैन


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

पिसिआर परिक्षण गर्दा हामीले बिरामीबाट लिएको स्वाबलाई संकलन गरेर एउटा झोलमा डुबाएर संवन्धित ल्यावमा पठाइन्छ । भाइरसको जाँच गर्न संकलन गरिएको सवावको नमुना एउटा ठाउँबाट अर्को ठाउँमा लैजानको लागि प्रयोग गरिने यो तत्वलाई भीटीएम अर्थात भाइरल ट्रान्सर्पोट मिडियम भनिन्छ । पिसिआर टेस्टको कुरा गर्दा  भीटीएमको कमीले पिसिआर टेस्टको संकलन नै रोकिएको कुरा हामीले सुनिरहेका हुन्छौं ।

तर वास्तवमा भन्ने हो भने भीटीएम हामी आफैंले बनाउन सक्छौ र नेपालकै कम्पनीले बनाइसकेको पनि छ । यस्तो बनिसकेको भीटीएमलाई मान्यता दिन किन ढिलाइ भइरहेको छ, र यसको बदलामा विदेशबाट मंहगोमा किन खरिद हुन्छ भन्ने कुरा हामीले बुझ्न सकेका छैनौं ।

vayoda

हामीले कुरा गरेको भीटीएम जुन डब्लुएचओ वा  सिडिसीले शुरुमा  सुझाएको थियो । त्यस  भीटीएमको विशेषता भनेको  भाइरसलाई जिवितै राखेर ढुवानी गर्न मिल्नु हो । तर यस्तो भीटीएमको प्रयोग गर्दा यदि त्यो ट्युब फुटेमा ढुवानी गर्ने मानिसलाई नै संत्रमण हुने उच्च जोखिम मात्र हुँदैन, ल्याबमा काम गर्ने व्यक्ति पनि उच्च सर्तकमा रहनु पर्छ ।  र  बिएसएलटु सेफ्टी क्याबिनेट अनिवार्य रुपमा चाहिन्छ ।

विकसित मुलुकमा यस्तो जिवित  भाइरसलाई  सेल कल्चर गरी  विभिन्न रिसर्च गरिन्छ । तर हाम्रो जस्तो मुलुकमा जहाँ जिवित भाइसरको  सेल कल्चर गर्न संभव छैन ।  (पुर्वाधारको कमिले) त्यस्तो अवस्थामा यस्तो महंगो खालको भिटिएम किन्नुको कुनै औचित्य छैन । झन यसको उचित प्रयोग गर्न विचार नपुर्याउँदा, जिवित  भाइरसले संक्रमण त गर्ने होइन भन्ने डर पनि हुन्छ ।

त्यसैले, हामीले यस्तो भीटीएमको प्रयोग गर्नुपर्छ जसमा भाइरस जिवित नहोस्, तर त्यसको आरएनए बाँकी रहोस् , जसलाई पिसिआर गरेर जाचँ गर्न सकियोस् ।

यस्तो भीटीएमको  प्रोटोकल अहिले छ्याप्याप्ती पाइन्छ र  एफ.डी.एको मान्यता पनि प्राप्त छ । विकसित मुलुकहरुले नै यस्तो भीटीएमको प्रयोग गरिएका छन् भने हामी चाँही पूरानै औचित्यहिन भीटीएम खरिद गर्न तिर लागिरहेका छौं । आउनुहोस् , यस्ता एफ.डी.ए बाट मान्यता प्राप्त नयाँ भिटिएमहरुको बारेमा छलफल गरौंः

ड्राइ स्वाव
यदि भाइरसलाई १२ घण्टा भित्रमा पिसिआर ल्याब मा पुर्याउन सकिन्छ भने स्वाब मात्र पठाए पनि हुन्छ । यसमा भीटीएम नै नचाहिने रहेछ । र यो कुरा विदेशमा पनि भइरहेको छ । जस्तै, काठमाण्डौको कुनै अस्पतालमा नमुना संकलन गरिएको छ भने एनपिएचसीमा पठाउन कुनै भिटिएम नै चाहिदैंन र  कोल्ड चेन पनि राख्न पर्दैन।

नरमल स्लाइन भिटिएम
हामीले अस्पतालमा प्रयोग गर्ने स्लाइन पानीबाट नै भिटिएम बनाउन सकिन्छ । यदि यसमा एन्टी आरएनएएसइ  र एन्टिबायोटिक हरु राखियो भने यसले ७२ घण्टासम्म भीटीएमको काम गर्छ । यसमा कोल्ड स्लाइन चाहिँ चाहिन्छ । र यस्तो भीटीएम नेपाल सरकारले आफै पनि बनाउन सक्छ वा नेपाली कम्पनीहरुलाई स्वीकृति दिन सक्छ । साथै समान्य स्लाइन पानीबाट बन्ने भएकाले यो भीटीएम निकै सस्तो पनि पर्छ ।

यस बाहेक फोसफेट बफर र अन्य भीटीएम प्रोटोकल पनि विश्व बजारमा पाउँन सकिन्छ।  नेपालमा समेत बनाउन सकिन्छ ।

यस्तै , यो कुरा स्पष्ट हुन्छ कि नेपालमा भीटीएमको अभाव हुनु भनेको असंभव कुरा हो । अघि भने जस्तै, नेपालकै कम्पनीले पनि भिटिएम बनाइसकेको छ । यो कुरा एनपिएचएल लगायत सरकारका सम्बन्धित निकायहरुलाई  धेरै पहिले नै जानकारी गराइएको हो । तर, नेपालमै बनेको भिटिएमलाई परीक्षण गरी मान्यता दिन किन महिनौ कुर्नपर्छ भन्ने अझै नसकिएको कुरा छ ।  

हामीले यसरी नै ढिला सुस्ती गरिरहने र विज्ञहरुको सुझावको कदर नगर्ने हो भने यो कोभिडको लडाईमा हामी भगवान पशुपतिनाथको शरणमा पर्नु बाहेक अरु उपाय देखिदैन ।

 

Last modified on 2020-07-06 08:16:29

Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts